गोपनीयता सेटिङहरू

साइट एकदमै राम्रोसँग चलोस् भनेर हामीले कुकीज् र त्यस्तै अरू प्रविधि प्रयोग गर्छौँ। केही कुकीज्‌ हाम्रो वेबसाइट चल्न आवश्यक भएकोले त्यसलाई इन्कार गर्न सकिँदैन। वेबसाइट चलाउन सजिलो बनाउनको लागि मात्र प्रयोग गरिने थप कुकीज्‌को प्रयोगलाई भने तपाईँले स्विकार्न वा अस्वीकार गर्न सक्नुहुन्छ। यसको कुनै पनि जानकारी बिक्री गरिनेछैन न त मार्केटिङ गर्न नै प्रयोग गरिनेछ। थप जानकारी पाउन कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पढ्नुहोस्। तपाईँ कुनै पनि बेला गोपनीयता सेटिङहरूमा गएर आफ्नो रुचिअनुसार सेटिङ मिलाउन सक्नुहुन्छ।

भाग ३

अदनको बगैँचामा जीवन कस्तो थियो?

अदनको बगैँचामा जीवन कस्तो थियो?

यहोवा परमेश्‍वरले आदम र हव्वालाई थुप्रै असल कुरा दिनुभयो। उत्पत्ति १:२८

यहोवा परमेश्‍वरले हव्वा बनाएर तिनलाई आदमकी पत्नीको रूपमा दिनुहुन्छ

यहोवा परमेश्‍वरले पहिलो स्त्री हव्वा बनाउनुभयो र आदमलाई पत्नीको रूपमा हव्वा दिनुभयो।—उत्पत्ति २:२१,२२.

यहोवा परमेश्‍वरले उनीहरूलाई बनाउनुहुँदा त्रुटिरहित मन र शरीर दिनुभएको थियो।

आदम र हव्वा अदनको बगैँचा नियाल्दै

अदनको बगैँचा उनीहरूको घर थियो। यो बगैँचा नदीहरू, फलफूलका रूखहरू र पशुपक्षीले गर्दा निकै सुन्दर थियो।

यहोवा परमेश्‍वर उनीहरूसित कुरा गर्नुहुन्थ्यो र उनीहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको कुरा सुनेका भए उनीहरू पृथ्वीमा भएको प्रमोदवनमा (सुन्दर बगैँचा) सधैँभरि बाँच्न सक्थे।

परमेश्‍वरले एउटा रूखको फल नखानू भन्‍नुभयो। उत्पत्ति २:१६,१७

यहोवा परमेश्‍वरले नखानू भन्‍नुभएको फलको रूख

यहोवा परमेश्‍वरले आदम र हव्वालाई बगैँचामा भएको फलफूलको एउटा रूख देखाउनुभयो। त्यसको फल खाएमा उनीहरू मर्नेछन्‌ भनेर उहाँले बताउनुभयो।

दुष्ट स्वर्गदूत सैतानले हव्वासित कुरा गर्न सर्पलाई चलाउँछ

एउटा स्वर्गदूतले परमेश्‍वरको विरोध गऱ्‍यो। त्यो दुष्ट स्वर्गदूत सैतान हो।

आदम र हव्वाले यहोवा परमेश्‍वरको कुरा सुनेको सैतान चाहँदैन थियो। त्यसैकारण सैतानले सर्पलाई चलाएर परमेश्‍वरले नखानू भनेको फल खायो भने मरिँदैन बरु परमेश्‍वरजस्तै होइन्छ भनेर हव्वालाई भन्यो। तर त्यसले झूट बोलिरहेको थियो।—उत्पत्ति ३:१-५.