सम्मानजनक पदवी
के ख्रिष्टियनहरूले सम्मानजनक धार्मिक पदवीहरू प्रयोग गर्न मिल्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
लुका १८:१८, १९—येसु असल व्यक्ति हुनुभए तापनि “असल गुरु” भन्ने पदवी स्विकार्नुभएन बरु यहोवा मात्र असल हुनुहुन्छ भन्नुभयो
-
ख्रिष्टियनहरूले अरूलाई सम्बोधन गर्दा किन “पिता” (फादर) वा अन्य धार्मिक पदवी प्रयोग गर्दैनन्?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति २३:९-१२—येसुले चेलाहरूलाई “पिता” (फादर) वा “नेता”-जस्ता पदवी प्रयोग नगर्नू भन्नुभयो
-
१को ४:१४-१७—पावल थुप्रै ख्रिष्टियनको लागि बुबाजस्तै थिए तैपनि तिनलाई कतै पनि फादर वा यस्तै अन्य पदवीद्वारा सम्बोधन गरिएको छैन
-
ख्रिष्टियनहरूले एकअर्कालाई भाइबहिनी भनेर सम्बोधन गर्नु र त्यस्तै व्यवहार गर्नु किन उपयुक्त छ?
प्रे १२:१७; १८:१८; रोमी १६:१ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति १२:४६-५०—येसुले चेलाहरू उहाँका आध्यात्मिक भाइबहिनी हुन् भनेर प्रस्ट पार्नुभयो
-
ख्रिष्टियनहरूले सरकारी र राजनैतिक अख्तियारवालाहरू, न्यायाधीशहरू र अरू अफिसरहरूलाई पदवीद्वारा सम्बोधन गर्नु किन उपयुक्त छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे २६:१, २, २५—प्रेषित पावलले अग्रिपा र फेस्तसजस्ता शासकहरूलाई तिनीहरूको पदवीद्वारा नै सम्बोधन गरे
-