मलाई किन पढ्नै मन लाग्दैन?
युवाहरू सोध्छन् . . .
मलाई किन पढ्नै मन लाग्दैन?
“किताब उठाउने बित्तिकै मलाई अल्छी लाग्छ। पढ्नुभन्दा त टेलिभिजन हेर्नु नै मज्जा लाग्छ।” —मार्गारिटा, १३, रूस।
“बास्केटबल खेल्न जाने कि पढ्ने भनेर कसैले सोध्यो भने म त खेल्नै जान्छु।”—अस्कर, १९, अमेरिका।
तपाईंले यी दुई वाक्य पढ्न समय निकाल्नुको मतलब, तपाईंलाई पढ्नुको महत्त्व थाह छ। यति कुरा बुझेर पनि सायद कुनै किताब पढ्न त परै जाओस् दुई-पन्ने लेखसमेत पढ्न मन पर्दैन कि? अथवा किताब देख्ने बित्तिकै कुनै तीतो औषधीको पो सम्झना आउँछ कि? खाँऊ त कसरी खाँऊ, नखाऊँ त आफैलाई खति। ब्यूँझनुहोस्!-ले ११ देशका विभिन्न युवायुवतीहरूलाई पढ्न किन गाह्रो लाग्छ र पढेर के फाइदा हुन्छ भनेर सोधेको थियो। उनीहरूले यस्तो जवाफ दिएका थिए:
याकूब ४:८) त्यसकारण पढ्ने बानी बसाल्न तपाईंलाई गाह्रो लागिरहेको छ भने पनि हार नमान्नुहोस्। (g 5/06)
युवायुवतीहरूका यी टिप्पणीहरूबाट हामीले के कुरा प्रस्टै देख्यौं भने पढ्ने बानी बसाल्दा तपाईंको आत्मविश्वास अनि ज्ञान बढ्छ। अनि बाइबललगायत तपाईंले पढ्दै गर्नुभएको यो पत्रिकाजस्ता बाइबलआधारित साहित्य पढ्नुभयो भने तपाईं ‘परमेश्वरसित नजिक’ हुन सक्नुहुन्छ।’ (पढ्ने बानी बसाल्न तपाईंलाई किन गाह्रो भइरहेको छ?
“खै, म फुर्सतै पाउँदिनँ।”—सेम्सीहान, १९, जर्मनी।
“पढ्नु कहाँ सजिलो छ र? सायद म अल्छी भएर होला, पढ्न त्यति मन लाग्दैन।”—इजकिएल, १९, फिलिपिन्स।
“मलाई ‘बोरिङ सब्जेक्ट’ पढ्नै मन लाग्दैन।”—क्रिस्चियन, १५, बेलाइत।
“मसिनो किताब पढ्न त्यति गाह्रो लाग्दैन। तर ठूलो, मोटो किताब देखेरचाहिं डर लाग्छ।” —एरिको, १८, जापान।
“म एकचित्तको भएर पढ्नै सक्दिनँ। खिटिक्क केही हुने बित्तिकै मेरो ध्यान भंग भइहाल्छ।” —फ्रान्सिस्को, १३, दक्षिण अफ्रिका।
मसीही युवायुवतीहरूलाई बाइबल पढ्न प्रोत्साहित गरिन्छ। (भजन १:१-३) के तपाईंलाई यसो गर्न गाह्रो लाग्छ? लाग्छ भने, किन?
“बाइबल यति मोटो छ कि, म थोती बूढी होउन्जेलसम्म पनि पढेर सिध्याउन सक्दिनँ होला!”—आन, १४, रूस।
“बाइबलको कुनै-कुनै कुरा बुझ्न गाह्रो अनि असाध्यै पट्टाइलाग्दो हुन्छ।” —जजरिल, ११, भारत।
“मेरो तालिका कहिल्यै ठीक हुँदैन। त्यसैले नियमित तवरले बाइबल पढ्ने समय निकाल्न मलाई गाह्रो लाग्छ।”—एल्सा, १९, बेलाइत।
“घरको काम र स्कूलको पढाइले गर्दा म पढ्नै भ्याउँदिनँ।” —सुरीसादाई, १४, मेक्सिको।
“मेरो समय आफ्नो सोख पूरा गर्नमै बित्छ। म त, बाइबल पढ्ने समय निकाल्नै सकिरहेको छैन।”—शो, १४, जापान।
पढ्ने बानी बसाल्नु पक्कै पनि सजिलो छैन। तर तपाईंको विचारमा कोसिस गर्नु राम्रै कुरा हो कि? अनि त्यस्तो प्रयास गरेर तपाईंलाई कुनै फाइदा भएको छ कि?
“पढेर मेरो ज्ञान निकै बढेको छ र त्यसले गर्दा म निर्धक्क भएर कुराकानी गर्ने सक्ने भएकी छु।”—मनिषा, १४, भारत।
“पढ्ने थालेपछि म आफ्ना समस्याहरूलाई भुल्छु।”—अलिसन, १७, अष्ट्रेलिया।
“किताब पढ्दा मलाई आफू पहिले कहिल्यै नपुगेको ठाउँमा घुम्न गएको जस्तै लाग्छ।”—डुवन, १९, दक्षिण अफ्रिका।
“पढ्ने बानी छ भने धेरै कुरा आफैले थाह लगाउन सकिन्छ, अरूको मुख ताकिरहनुपर्दैन।”—अबिहु, १६, मेक्सिको।
के कारणले गर्दा तपाईंलाई पढ्न रमाइलो लाग्न थाल्यो?
“म सानै हुँदा, बुबाआमाले मलाई आवाज निकालेर पढ्ने प्रोत्साहन दिनुभएकोले।”—तान्या, १८, भारत।
“मेरा बाआमा पढेको कुरालाई मनमा खेलाउन र कल्पना गर्न प्रोत्साहन दिनुहुन्थ्यो।”—डान्यल, १८, बेलाइत।
“बाबाले मलाई पढ्न रमाइलो लाग्ने भाग छानेर बाइबल पढ्ने प्रोत्साहन दिनुभयो। मैले भजनसंग्रह, हितोपदेश जस्ता पढ्न सजिलो लाग्ने भाग छानें। अहिले मलाई बाइबल पढ्दा रमाइलो लाग्छ। म त्यसलाई बोझ ठान्दिनँ।” —चेरिन, १६, दक्षिण अफ्रिका।
“मम्मी-ड्याडीले म जन्मने बित्तिकै मेरो लागि भनेर किताब जम्मा गर्न थाल्नुभएको रहेछ। पछि म चार वर्षकी भएपछि उहाँहरूले टेबल, किताब राख्ने दराज किनिदिनुभयो र उहाँहरूले जम्मा गर्नुभएको सबै किताब पनि दिनुभयो।”—आरी, १४, जापान।
बाइबल पढ्ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ जस्तो तपाईंलाई लाग्छ?
“मानिसहरू बाइबलबारे आ-आफ्नै गलत अनुमान लगाउँछन्। त्यसकारण, वास्तविक कुरा थाह पाउन आफैले पढेर हेर्नुपर्छ।” (प्रेरित १७:११)—म्याथ्यू, १५, अमेरिका।
“बाइबलमा लेखेको कुरा बुझ्न धेरै दिमाग खियाउनुपर्छ। तर मलाई फाइदै भएको छ। अहिले म अरूसित आफ्नो विश्वासबारे निर्धक्क भएर कुरा गर्नसक्छु।” (१ तिमोथी ४:१३)—जेन, १९, बेलाइत।
“बाइबल पढ्दा यहोवाले मसित कुरा गरिरहनुभएको जस्तो लाग्छ। कहिलेकाहीं आफूले पढेको कुराले मेरो मन छुन्छ।” (हिब्रू ४:१२)—ओबेदिया, १५, भारत।
“मलाई बाइबल पढ्न मन पर्छ। किनभने यहोवा मेरोबारे के सोच्नुहुन्छ म बाइबल पढेर थाह पाउँछु। बाइबल पढेर मैले राम्रा सल्लाहहरू पनि पाएको छु।” (यशैया ४८:१७, १८) —भिक्टोरिया, १४, रूस।
तपाईं बाइबल अनि बाइबलआधारित साहित्य पढ्ने समय कसरी निकाल्नुहुन्छ?
“बिहान उठ्ने बित्तिकै बाइबलको एक अध्याय पढ्ने तालिका नै बनाएकी छु।”—लाइस, १७, ब्राजिल।
“म स्कूल जाँदा रेलमा बाइबल र बाइबलआधारित साहित्यहरू पढ्ने गर्छु। मैले यसो गर्न थालेको चार वर्ष भइसक्यो।”—ताइची, १९, जापान।
“म हरेक राती सुत्नुअघि अलिकता बाइबल पढ्छु।”—मारिया, १५, रूस।
“म हरेक दिन ‘प्रहरीधरहरा’ वा ‘ब्यूँझनुहोस्!’-को चार पानाजति पढ्छु। अर्को नयाँ पत्रिका आउनुअघि म पूरै पत्रिका पढिसिध्याउँछु।”—एरिको, १८, जापान।
“म हरेक दिन बिहान स्कूल जानुअघि बाइबल पढ्छु।”—जेम्स, १७, बेलाइत।
एकछिन सोच्नुहोस्
▪ परमेश्वरको वचन पढ्नु किन महत्त्वपूर्ण छ?
▪ बाइबल अनि बाइबल साहित्य पढ्न तपाईं कहाँबाट ‘समय किन्न’ सक्नुहुन्छ?—एफिसी ५:१५, १६, NW.
[पृष्ठ २२-मा भएको पेटी]
दाँज्दै पढ्नुहोस्
आफूले पढेको कुरालाई, आफू अनि आफू वरपरका कुराहरूबारे पहिल्यै थाह भइसकेको कुरासित दाँज्नुहोस्। आफैलाई यी प्रश्नहरू गर्नुहोस्:
◼ पहिले पढिसकेको कुरासित दाँज्ने: मैले भर्खर पढेको घटना वा समस्यासित मेल खाने कुरा पहिल्यै कुनै किताब वा पत्रिकामा पढिसकें कि? मैले पढेको कुनै व्यक्तिसित अहिले पढ्दै गरेको व्यक्तिको कुनै गुण वा व्यक्तित्व मेल खान्छ कि?
◼ आफूसित दाँज्ने: मेरो परिस्थिति, मेरो समाज अनि मेरो समस्या वा मनमा खेलिरहेका कुराहरूसित अहिले भर्खरै पढेको कुरा कसरी मेल खान्छ? मेरा समस्याहरूको समाधान निकाल्न वा मेरो जीवनलाई अझ सुधार्न पढेको कुराले मलाई कसरी मदत गर्छ?
◼ वरपरको कुरासित दाँज्ने: भर्खरै पढेको कुराबाट मैले प्रकृति, वातावरण वा बेग्लै संस्कृति अथवा सामाजिक समस्याबारे के सिकें? आफूले पाएको जानकारीबाट सृष्टिकर्ताबारे के थाह पाएँ?